धनगढी । सर्वाधिक धनराशिको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा सोमबार एक खेल हुँदैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा सोमबार बुटबलको सुनौलो संगम क्लब र गोर्खा ब्वाईज क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
प्रदेश नम्बर ४ का दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् । विजेताले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा सिमराको जन जागृति क्लब, भारतको कंचनजंघा एफसी र विभागीय टिम एपीएफए क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।