एजेन्सी । पियरिक एम्रिक अबुमियाङ चम्किएको खेलमा आर्सनलले प्रियिमर लिग फुटबलमा एभर्टनलाई हराएको छ ।
आईतबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ३–२ गोल अन्तरले हराएको हो ।
पहिलो मिनेटमै पछाडी परेको स्थितीलाई उल्ट्याउँदै आर्सनलले पुनरागमन जित निकालेको हो ।
काल्भर्ट लेविनले पहिलो मिनेटमै गोल गर्दै पाहुना टोली एभर्टनलाई जित दिलाएका थिए ।
आर्सनल एडी नेकेटायाको गोलमार्फत २७ औं मिनेटमा खेलमा फर्किएको थियो ।
अबुमियाङले ३३ औ मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा अगाडी बढाएका थिए ।
एभर्टनका रिचार्डलिसनले पहिलो हाफको ईन्जुरी समयमा बराबरी गोल फर्काए ।
दोस्रो हाफको पहिलो मिनेटमै ब्यक्तिगत दोस्रो गोल गर्दै अबुमियाङले आर्सनलको जित सुनिश्चित गरेका थिए ।
अबुमियाङले यस सिजन आफ्नो गोल संख्या १९ पुर्याएका छन् । नयाँ बर्ष आर्सनल लिगमा अपराजित छ ।
लगातारको जितले आर्सनल तालिकामा माथि उक्लिने क्रममा रहेको छ । लण्डन क्लब ३७ अंक सहित तालिकाको नवौं स्थानमा उक्लिएको छ । एभर्टन ३६ अंक सहित ११ औं स्थानमा यथावत छ ।