काठमाडौं । बाँसबारी फुटबल क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बाँसबारीले सुखद सुरुवात गरेको हो ।
बाँसबारीको जितमा सुलेमान थापा मगरले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै बाँसबारीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । श्री भगवतीले भने हारबाट सुरुवात गरेको छ ।
यस्तै आइतबार नै भएको उद्घाटन खेलमा ब्वाईज युनियन क्लबले श्री कुमारी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो ।
ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।