एजेन्सी । लिभरपुल मुख्य प्रशिक्षक योर्गेन क्लोपले फरवार्ड साडियो मानेलाई चाँडै मैदानबाट निकाल्नु च्याम्पियन्स लिगमा हारको मुख्य कारण रहेको बताएका छन् ।
उनले खेलको ४५ औ मिनेटमा मानेलाई मैदानबाट स्थानान्तरण गर्नु टिमको मुख्य हारको कारण रहेको उल्लेख गरेका हुन् ।
च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल क्लब एट्लेटिको मड्रिडसंग १–० ले हारेको थियो ।
साउन निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल एट्लेटिकोलाई पहिलो लेगको खेलमा अग्रता दिलाउन पर्याप्त बन्यो ।
क्लोपले पहिलो हाफको ब्रेकपछि मानेलाई खेलमा बिश्राम दिएका थिए । उनको स्थानमा डिभोक ओरिजी मैदान प्रवेश गरेका थिए ।
'उनी सबैबाट लक्षित थिए । यो प्रष्ट हो । मानेले पहेलो कार्ड खानेमा उनीहरु पक्का थिए ।' खेलपछि क्लोपले भनेका छन् ।
'कसैलाई दोष लगाउन आवश्यक छैन । म ठिक छु । पहिलो हाफमा १–० ले पछाडी छौ । हामीसंग लामो समयको बिश्राम छ । हामी यसलाई सदुपयोग गछौं ।' उनले भने ।
'हामी अन्तिम तेस्रोको अभावमा थियौ । डिबक्समा उनीहरुको बचाउ अविश्वसनीय थियो । जब तपाई १–० ले यस्तो टिमसंग हुनुहुन्छ । जो केवल यस्तै नतिजा चाहन्छ । गोल रहित बराबरीनै उनीहरुको लागि राम्रो हुने थियो ।' उनले थपे ।
योर्गेन क्लोपले क्लब सम्हालेपछि लिभरपुल दोस्रो पटक मात्र एक गतिलो प्रहार समेत गर्न असफल रह्यो । एट्लेटिकोले घरेलु मैदानमा डिफेन्सको राम्रो नमुना प्रस्तुत गरेको थियो ।
'यो पहिलो हाफमा १–० ले पछाडी हो । दोस्रो हाफ हाम्रो मैदानमा खेल्दैछौ । एनफिल्डमा स्वागत छ । यो अझै सकिएको छैन ।' क्लोपले भनेका छन् ।
लिभरपुलले आगामी सोमबार एनफिल्डमा प्रिमियर लिग क्लब वेस्ट ह्यामसंग खेल्दैछ । प्रिमियर लिगमा लिभरपुललाई २५ अंकको स्पष्ट अग्रता छ ।