काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतको हिरो महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।
च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् ।
सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैया प्राप्त गरिन् ।
बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दा सावित्राले निर्णायक गोल गरेकी थिइन् ।
यस्तै मस्ट भ्यालुएबल प्लेयरको अवार्ड रतनबाला, इमर्जिङ प्लेयर अवार्ड मनिषा र उत्कृष्ट गोलकिपर लिन्थोईङगम्बी देवी चुनिइन् ।