काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवैले पाएको केहि मौकामा गोल गर्न सकेनन् । जसको कारण पहिलो हाफमा बराबरी भएको हो ।
आज दुवै टिम जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ ।
मनाङ जित निकाल्दै तेस्रो स्थानमा रहन चाहन्छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहन चाहन्छ ।