काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले पहिलो हाफमा उत्कृष्ट अवसरहरु सिर्जना गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्दै शीर्ष ६ भित्र स्थान पक्का गर्न चाहन्छ ।
२० अंक जोडेको थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । एनआरटीलाई हराएर थ्री स्टार शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ । यता, एनआरटी पनि जित निकाल्दै शीर्ष ६ भित्र उक्लन चाहन्छ । १५ अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा राजेको छ ।