धनगढी । मनकामना युवा क्लब र सुदूरपश्चिम-११ स्पोर्टस क्लब फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार मनकामनाले नेपालगंज-११ लाई ३–२ गोल अन्तरले हरायो । मनकामनाका लागि सुरेश खत्री, आशिष श्रेष्ठ र सनिष तुसाजले एक एक गोल गरे । नेपालगंजका जा कोप र फगुईले एक एक गोल फर्काए ।
दोस्रो खेलमा सुदुरपश्चिमले न्यु दुर्गा युवा क्लबलाई ३–० ले हरायो । सुदूरपश्चिमका विदेशी खेलाडी रोमियाले दुई गोल गरे । यस्तै माधव भण्डारीले एक गोल गरे ।
यससँगै प्रतियोगिताको सेमिफाइनलमा समिकरण पुरा भएको छ ।
अब पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब र मनकामना युवा क्लबले प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम र पिएफए अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।