हिमालय मनोज ।
रुपन्देही । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२ औ संस्करण फागुन दोस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक रुपन्देही फुटबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ८ देखि २२ गतेसम्म चल्ने जनाएको छ ।
रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा 'ए' डिभिजनका क्लब सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा ५ 'ए' डिभिजन, ३ जिल्ला संघको टिम र २ विदेशी टिम रहने सघका अध्यक्ष दिर्घ बहादुर केसीले जानकारी गराए ।
प्रतियोगिताको विजेताले १० लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले ७ लाख ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल अथवा स्कुटर पाउने छन् ।
विधागततर्फका खेलाडीले जनही ३०/३० हजार प्राप्त गर्नेछन् ।