एजेन्सी । युवा खेलाडी सम्मिलित लिभपुरलले एफ ए कपको चौथो चरणमा जित हासिल गरेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलको युवा टिमले सेयसबरीलाई १–० ले हराएको हो ।
जितसंगै लिभरपुलले पाँचौ चरणमा लण्डन क्लब चेल्सीसंगको भिडन्त पक्का गरेको छ ।
लिभरपुलको जितमा रो साउन विलियमले खेलको ७५ औ मिनेटमा आत्मघाति गोल गरे ।
सेयसबरीका साउन वेलीले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । सोही कारण लिभरपुलले चौथो चरणको रिप्ले खेलमा जित हासिल गर्न सफल रह्यो ।
दुवै टिमले पहिलो खेल २–२ को गोलको बराबरी खेलेका थिए ।