काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारले १-० को अग्रता बनाएको छ ।
खेलको छैटौं मिनेटमा शुसिल राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् ।
भारतीय खेलाडी लालरम्मावियाले उपलब्ध गराएको पासमा शेर्पाका डिफेन्डरले क्लियर गर्न नसक्दा शुसिलले गोल गरे ।