काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको छ । नेपालविरुद्ध खेलको १४ औं मिनेटमा माल्दिभ्सले गोल गरेको हो ।
नेपालका रोशन दोङले डिबक्स भित्र फल गरेपछी पाएको पेनाल्टीमा माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका हुन् ।
त्यसअघि खेलको तेस्रो मिनेटमा नेपालकामनिष डाँगीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो ।
खेल अवधीभर बल पोजिसनमा पकड जमाएको नेपालले गोल गर्न नसक्दा १-० ले पछि परेको हो । नेपालका बृजेश चौधरी, जया गुरुङ, मनिष डाँगीको केहि उत्कृष्ट प्रहार माल्दिभ्सका किपरले उत्कृष्ट बचाउ गरेका थिए ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।