काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।
कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलमा नेपाल ५-० ले पछि परेको छ ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको हो । खेलको ६८ औं बादर अल अल्मोटाले गोल गर्दै घरेलु टोलीलाई ५-० को अग्रता दिलाएका छन् ।
यसअघि कुवेतका युसेफ नासिरले दुई, अब्दुल्लाह अल्मुतारी र फहाद अल्हाजेरीले एक एक गोल गरेका छन् ।