काठमाडौं । प्याराग्लाईडिङका युकेश गुरुङले 'एनएसजेएफ पल्सर वर्ष पुरुष खेलाडी अवार्ड' जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा युकेशले अवार्ड जितेका हुन् ।
गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए ।
यस विधाको मनोनयनमा युकेशसंगै क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ परेका थिए ।
अवार्डसंगै युकेशले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । उनले केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस्तै उनले टर्किस एयर्लाइन्सको हवाई टिकट प्राप्त गरेका छन् ।
युकेश गुरुङको सफलता
–१८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत विजेता ।
–स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ड कपमा कांस्य पदक विजेता ।
–एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्ये चार चरणमा गोल पूरा ।
–एसियाडको डेब्यु खेलमै सर्वाधिक स्कोर, स्वर्णका लागि केवल २७ अंकले पछि ।
–जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत जित्यो ।