• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
प्याराग्लाइडिङका युकेश सर्वोत्कृष्ट
खेलपाटी संवाददाता
बुधबार, असार १८, २०७६ खेलपाटी संवाददाता
प्याराग्लाइडिङका युकेश सर्वोत्कृष्ट

काठमाडौं । दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार– २०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अर्वाड प्याराग्लाइडिङका युकेश गुरुङले मंगलबार जितेका छन् ।

गत भदौमा इन्डोनसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । युकेशले नगद १५ हजारसहित प्रशंसा पत्र प्राप्त गरे ।

अवार्ड आयोजक शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले शहिद चन्दको जन्म जयन्तीको अवसरमा हरेक वर्ष सातै प्रदेशबाट १–१ खेलाडीको प्रतिनिधित्व हुने गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । युकेश गण्डकी प्रदेशबाट छनोटमा परेका हुन् ।

अन्य ६ प्रदेशका खेलाडीले उत्कृष्ट खेलाडीको अवार्ड पाए । प्रदेश १ बाट गल्फका टंकबहादुर कार्की, प्रदेश २ बाट एथलेटिक्सका अजितकुमार यादव र प्रदेश ३ बाट शारीरिक सुगठनका महेश्वर महर्जन पुरस्कृत भए । टंकले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिप, अजितले हङकङमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिप र महेश्वरले थाइल्यान्डमा भएको १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

त्यस्तै प्रदेश ५ बाट राष्ट्रिय महिला फुबल टिमकी कप्तान निरु थापा, कर्णाली प्रदेशबाट आईटीएफ तेक्वान्दोका दीपक विक र सुदूरपश्चिम प्रदेशबाट ब्याडमिन्टनका प्रिन्स दाहाल सम्मानित भए । निरुले विराटनगरमा भएको दोश्रो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपमा रजत तथा दीपकले भारतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रिन्सले दुबइ ओपन इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जितेका थिए । उत्कृष्ट सबैले १० हजार नगदसहित प्रशंसा पत्र पाए ।

सोही अवसर फरक क्षमता भएका दुई खेलाडीलाई पनि पुरस्कृत गरियो । एथलेटिक्सका अजय तामाङ र बोसियाकी महिमा कोइराला पुरस्कृत भए । दुवैले युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए । उनीहरुलाई पनि १० हजार नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा आईटीएफका दीपक र एथलेटिक्सका अजित भने उपस्थित थिएनन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), पूर्व मन्त्री लेखराज भट्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, आयोजक ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
हक्कीको उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने
पुरुषमा सेमिफाइनल समीकरण पूरा
पुरुषमा सेमिफाइनल समीकरण पूरा
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP