अफगानी बलर शिरजाद विश्वकप टिम बाहिर
शुक्रबार, असार १३, २०७६खेलपाटी संवाददाता

एजेन्सी । अफगानिस्तानले बलर साएद अहमेद शिरजादलाई विश्वकप टिम बाहिर राखेको छ ।
इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप अन्तर्गत केहि खेल बाँकी रहदा अफगानिस्तानले लेफ्ट आर्म बलर शिरजादलाई घर पठाएको हो ।
अफगानिस्तानले शिरजादको स्थानमा अफ्ताब आलमलाई टिममा बोलाएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषदले पनि अफगानिस्तानको निर्णयलाई सदर गरेको छ ।
अफगानिस्तानले आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डको आचार संहिता उलंघन गरेको भन्दै शिरजादलाई घर पठाएको जनाएको छ ।
जारी विश्वकपमा शिरजादले ३ खेल खेलेका थिए ।
विश्वकपबाट बाहिरिसकेको अफगानिस्तान लिगको पुछारमा रहेको छ । अफगानिस्तानले जित निकाल्न सकेको छैन ।










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
