एजेन्सी । आइभरी कोष्टले इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले पराजित गर्दै आइभरी कोष्टले सुखद सुरुवात गरेको हो ।
आइभरी कोष्टको जितमा जोनाथन कोड्जियाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा कोड्जियाले गोल गरेका थिए ।
जितसंगौ समूह 'डी' को आइभरी कोष्टले १ खेलबाट ३ अंक जोडेको छ । र, आइभरी कोष्ट शीर्ष स्थानमा रहेको छ । पराजित दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस समूहमा मोरक्कोको पनि ३ अंक रहेको छ ।