एजेन्सी । कोपा अमेरिका फुटबलमा उरुग्वेले जापानसंग बारबरी खेल्दै अंक बाँडेको छ । समूह चरणको खेलमा उरुग्वेले जापानसंग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा अग्रता जापानले २५ औं मिनेटमा कोजी मियोशीको गोलबाट लिएको थियो । गाकु शिबासाकीको पासलाई सदुपयोग गर्दै मियोशीले टोलीलाई अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा लुईस स्वारेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मियोशीले व्यक्तिगत दोस्रो गोल गर्दै ५९ औं मिनेटमा पुन जापानलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा जोस जिमेनेजले उरुग्वेका लागि बराबरी गोल फर्काए ।
दक्षिण अमेरिकी फुटबलको बलियो टिम उरुग्वेलाई एसियाली फुटबलको पावर हाउस जापानले बराबरीमा रोक्न सफल भएको छ ।

बराबरीको नतिजाका बाबजुत समूह 'बी' को उरुग्वे २ खेलबाट ४ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ । तेस्रो स्थानको जापानले पहिलो अंक जोडेको छ ।