काठमाडौं । रुपन्देहीको गोर्खा ब्वाईज क्लब छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक उदयपुर-११ लाई ४-१ गोल अन्तरले पराजित गर्दै गोर्खा फाइनलमा पुगेको हो ।
थरुहट रंगशालामा गोर्खालाई जित दिलाउन फोफानाले दुई गोल गरे । यस्तै ड्यानियल र सुसिल यादबले एक एक गोल गरे ।
अब फाइनलमा गोर्खाले विभागीय टिम एपीएफ क्लबसंग खेल्नेछ । एपीएफ यसअघि नै फाइनल पुगिसकेको छ ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।