निष्ट लिटल फ्लावर प्रिमियर लिग क्रिकेट कार्तिकमा

काठमाडौं । चौंथो संस्करणको 'निष्ट लिटल फ्लावर प्रिमियर लिग' विद्यालय स्तरीय राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता कार्तिकमा आयोजना हुने भएको छ ।
संस्कार क्रिकेट एकेडमीको आयोजनामा धनगढीमा हुने प्रतियोगिता कार्तिक १६ गतेबाट ३० गतेसम्म आयोजना हुनेछ ।
संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १२ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका सहभागी टोलीले १९ वर्षमुनिका पाँच बाहिरका खेलाडी राख्न पाउनेछन् । अन्य १० खेलाडी विद्यालयमा १० कक्षासम्म अध्ययनरत विद्यार्थी राख्नु पर्नेछ ।
लैनचोरस्थित निष्ट कलेजको मुख्य प्रायोजन र लिटल फ्लावर बोर्डीङ स्कुलको सहयोगमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्मका खेलाडीबाट छनोट गरि 'निष्ट कलेज लिटल फ्लावर एकदिवसीय प्रिमिएर लिग' प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

