एजेन्सी । जर्मनीका डिफेन्डर म्याट हुमेल्स बोरुसिया डर्टमण्ड फर्किएका छन् ।
सेन्टर डिफेन्डर हुमेल्स तीन सिजन वायर्न म्युनिखमा बिताएर पुरानो क्लब डर्टमण्ड फर्किएका हुन् । हुमेल्सले तीन सिजन नै वायर्नबाट जर्मन बुन्डेस लिगा जितेका थिए ।
३० बर्षिय डिफेन्डर हुमेल्सलाई ३८ मिलियन युरोमा डर्टमण्डले क्लब भित्र्याएको हो । हुमेल्सको मेडिकल र औपचारिक सम्झौता केहि दिनमा हुने डर्टमण्डले जनाएको छ ।
हुमेल्स सन् २०१६ मा वायर्न गएका थिए । उनले वायर्नसंग आठ बर्षे सम्झौता गरेका थिए । तर, सम्झौता नसकिदै हुमेल्स डर्टमण्ड फर्किएका हुन् ।
वायर्नबाटै क्लब फुटबलको सुरुवात गरेका हुमेल्सले यसअघि सन् २००९ देखि २०१६ सम्म डर्टमण्डमा बिताएका थिए ।
हुमेल्सले वायर्नबाट तीन सिजनमा ७४ खेल खेल्दै ३ गोल गरेका थिए ।