एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको खेलमा अहिले उपाधि दाबेदार क्लब अर्जेन्टिना र पाराग्वेबीच प्रतिस्पर्धा भईरहेको छ ।
मिनिरोवा स्टेडियम जारी खेलको पहिलो हाफको खेल सकिदा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना १-० ले पछाडी परेको छ । खेलको ३७ औं मिनेटमा रिचार्ड सान्चेजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् । समूह 'बी' को अर्जेन्टिनाले अंक जोड्न सकेको छैन । पाराग्वेको १ अंक रहेको छ ।
प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।