एशियन कुराशमा कृतिलाई कास्य
बुधबार, असार ४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । थाईल्याण्डमा भएको छैटौं एशियन यू–२० जुनियर कुराश च्याम्पियनसिपमा नेपालकी कृति शर्माले कास्य पदक जितेकी छिन् ।
महिला ५७ केजी तौल समूहमा कृतिले नेपालका लागि कास्य दिलाएकी हुन् । ८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाईनलमा कृति उज्वेकिस्तानकी खेलाडी मामासाहेवा ईरोदासंग पराजित भएर कास्यमा सिमित भएकी थिईन् ।
प्रतियोगितामा सहभागि हुन कृतिसहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाईल्याण्डमा रहेका छन् । बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहिबार हुने महासचिव खरेलले जानकारी गराईन् ।









-1762997834781.jpeg&w=3840&q=75)





