• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप जितेका ६ खेलाडी, जसले आईपीएल जितेनन्
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३०, २०७६ खेलपाटी संवाददाता
विश्वकप जितेका ६ खेलाडी, जसले आईपीएल जितेनन्

एजेन्सी । क्रिकेटको महाकुम्भ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण इंग्ल्याण्डमा जारी छ ।

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जितेको छ । यस्तै भारत र वेष्ट इण्डिजले समान २/२ पटक उपाधि जित्दा पाकिस्तान र श्रीलंकाले १/१ पटक उपाधि हात पारेका छन् ।

विश्वकपपछि विश्व क्रिकेटमा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट निकै लोकप्रिय रहेको छ । किनकि आईपीएल खेल्ने विश्वकप विजेता खेलाडीहरुको पनि सपना हुने गर्छ ।

तर, कतिपय विश्वकप विजेता खेलाडीहरुले आईपीएलको उपाधि जित्न सकेका छैनन् । राष्ट्रिय टिमबाट विश्वकप जितेपनि उनीहरु आईपीएलमा असफल हुँदै आएका छन् ।

विश्वकप जितेर पनि आईपीएलको उपाधि जित्न नसक्ने ६ खेलाडीको सूची यस प्रकार रहेको छ ।


१. विराट कोहली

भारतले विराट कोहलीको कप्तानीमा १२ औं संस्करणको विश्वकप खेलिरहेको छ । भारतले सन् २०११ को विश्वकपको उपाधि जित्दा कोहलीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

तर, कोहली आईपीएलमा भने अभागी खेलाडीको रुपमा चिनिदै आएका छन् । आईपीएलको पहिलो सिजनबाटै रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका कोहलीले उपाधि जित्न सकेका छैनन् ।

आईपीएलको १२ औं संस्करणसम्म ३ पटक फाइनल खेलेपनि कोहलीले उपाधि उचाल्न सकेका छैनन् ।

२. स्टिभ स्मिथ

अष्ट्रेलियाका पूर्व कप्तान स्मिथले सन् २०१५ मा विश्वकप क्रिकेटको उपाधि जितेका थिए । माइकल क्लार्कको नेतृत्वमा उनले विश्वकप जितेका थिए । जुन विश्वकप अष्ट्रेलियाको पाँचौं उपाधि रहेको थियो ।

उक्त विश्वकपमा स्मिथले ८ खेल खेल्दै ४ सय २ रन बनाएका थिए । तर, स्मिथले आईपीएलको उपाधि भने उचाल्न सकेका छैनन् ।

सन् २०१० मा आईपीएलमा डेब्यु गरेका स्मिथले ४ फरक टिमबाट खेलिसकेका छन् । सन् २०१७ मा पुने वारिवार्सको नेतृत्व गर्दै आफ्नो टोलीलाई फाइनल पुर्याए पनि उपाधि उचाल्न असफल रहे ।


३. ब्राड हग

अष्ट्रेलियाका बाँया हाते स्पिनर ब्राड हगले ५ सिजन आईपीएल खेलेका छन् । सन् २०१२ मा राजस्थान रोयल्सबाट आईपीएल डेब्यु गरेका उनले सन् २०१४ मा कलकत्ता नाइट राइडर्सबाट खेले ।

सन् २०१६ मा आफ्नो आईपीएल करियर अन्त्य गरेका उनले दुवै टिमबाट आईपीएल उपाधि चुम्न सकेनन् । तर, उनले अष्ट्रेलियाबाट विश्वकप उपाधि भने उचालेका छन् ।

सन् २००७ को विश्वकप अष्ट्रेलियाले जित्दा हग टिममा रहेका थिए ।

४. शन टैट

सन् २००७ मा अष्ट्रेलियाले विश्वकप जित्दा शन टैट मुख्य खेलाडी रहेका थिए । उक्त विश्वकपमा टैटले २३ विकेट हात पार्दै दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । तर, टैटले आईपीएल उपाधि भने जित्न सकेनन् ।

टैटले सन् २००९ देखि २०१३ सम्म राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए । यस्तै सन् २०१४ र २०१५ मा कुनै टिमले उनलाई अनुबन्ध गरेन । सन् २०१६ मा कलकत्ता नाइट राइडर्सबाट आईपीएल खेलेका उनले औषत प्रदर्शन गरेका थिए ।

५. ब्राड हज

७ बर्षे आईपीएल करियरमा ३ फरक टोलीबाट खेलेका ब्राड हजले उपाधि भने उचाल्न सकेनन् । तर, हजले विश्वकप भने उचाल्न सफल भए ।

अष्ट्रेलियाले सन् २००७ को विश्वकप जित्दा हज टोलीमा रहेका थिए ।

६. वीरेन्द्र सहवाग

सन् २०११ को विश्वकपमा उत्कृष्ट इनिङ्स खेल्दै सहवागले आफुलाई विश्वको उत्कृष्ट ओपनरमा उभ्याएका थिए । भारतले सन् २०११ को विश्वकप जित्नुमा सहवागको भूमिका महत्वपूर्ण रहेको थियो ।

तर, आईपीएलको करियरमा भने उनले उपाधि उचाल्ने शौभाग्य पाएनन् ।

सन् २००८ मा दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेल्न थालेका उनले सन् २०१४ मा किंग्स इलाभेन पन्जाबबाट फाइनल खेलेका थिए । तर, उपाधि उचाल्ने उनको सपना पुरा भएन ।

त्यसपछि सहवागले सन् २०१५ मा खेल जीवनबाट सन्यास लिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
डेब्यु खेलमा चल्न सकेनन् किरण
डेब्यु खेलमा चल्न सकेनन् किरण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP