अफगानिस्तानका शाहजाद विश्वकप टिमबाहिर
शुक्रबार, २४ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । अफगानिस्तानका ओपनर ब्याट्सम्यान मोहम्मद शाहजादले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सबै खेल गुमाउने भएका छन् ।
घुँडाको चोटका कारण शाहजादले विश्वकप गुमाउने भएका हुन् । शाहजादले विश्वकपअघि पाकिस्तानविरुद्धको अभ्यास खेलमा चोट बोकेका थिए ।
अफगानिस्तानले शाहजादको स्थानमा विकेटकिपर ब्याट्सम्यान इक्राम अली खिललाई टिममा बोलाएको छ । आईसीसीले पनि स्वीकृति दिएको छ ।
एकदिवसीयमा शाहजाद अफगानिस्तानका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । शाहजादले ५५ इनिङ्समा १८४३ रन बनाएका छन् ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
