कप्तान विराज महर्जन प्लेईङ सेट बाहिर

काठमाडौं । चाईनिज ताईपेसँग मैत्रीपूर्ण खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको प्लेईङ-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले चाईनिज ताईपेसंग खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । नेपालले चाईनिज ताईपेविरुद्ध ४:४५ मा प्रतिस्पर्धा गर्दैछ ।
नेपाली टोली नियमित कप्तान विराज महर्जनबिना मैदान उत्रने भएको छ । नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने छन् ।
नेपाली टोलीको अग्रपंक्ति अभिषेक रिजालले सम्हाल्ने छन् । अघिल्ला खेलमा रहेका नवयुग श्रेष्ठ पनि टिममा रहेका छैनन् ।पहिलो पटक राष्ट्रिय टोलीमा परेका अभिषेक पहिलो पटक प्लेईङ सेटमा परेका हुन् ।
अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेल नेपालले २-० ले गुमाएको थियो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रञ्जित धिमाल, अनन्त तामाङ, देवेन्द्र तामाङ,अजित भण्डारी
मिडफिल्डर : रवी पासवान,रोहित चन्द,बिक्रम लामा, सुजल श्रेष्ठ, सन्तोष तामाङ
फरवार्ड :अभिषेक रिजाल










-1765539955299.jpeg&w=3840&q=75)

