काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) दुई खेल हुदैछ । काठमाडौंको कीर्तिपुर मैदानमा प्रदेश १ र कर्णाली तथा मुलपानी मैदानमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समुह बीको खेलमा कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ । अघिल्लो चरणको प्रवेशको गणितिय सम्भावना बोेकेको प्रदेश नम्बर १ प्रतियोगिताको तेस्रो खेल खेल्दैछ ।
पहिलो खेल पुलिससंग गुमाएको कर्णालीले दोस्रोमा त्रिभुवन आर्मी क्लब र तेस्रो खेलमा प्रदेश नम्बर दुईसंग पराजित भएको थियो ।
प्रदेश १ पहिलो खेलमा आमीं र दोस्रो खेलमा पुलिससंग पराजित भएको थियो ।
समुह बीमा प्रदेश १ भने २ खेलमा अंक विहिन हुदै चौथो र कर्णाली पाँचौ स्थानमा छन् ।
आजै मुलपानी मैदानमा हुने खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
अघिल्लो चरण प्रवेशको बलियो सम्भावना बनाएको एपएिफले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको गण्डकीसंग प्रतिस्पर्धा गर्न लागेको हो । गण्डकी पहिलो खेलमा प्रदेश नम्बर ३ संग पराजित भएको थियो । गण्डकीविरुद्द उत्रदै गर्दा एपीएफकाे नजर सेमिफाइनल प्रवेशमा हुनेछ । गण्डकीविरुद्द जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेशकाे नजिक पुग्न चाहन्छ ।
एपीएफले भने पहिलो खेलमा प्रदेश ३ र दोस्रो खेलमा सुदुरपश्चिमलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको नजिक रहेको छ ।
समुह एमा एपीएफ ४ अंक जोड्दै दोस्रो स्थानमा छ । गण्डक प्रदेश अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।