एजेन्सी । जासन रोयको शतकमा पाकिस्तानविरुद्वको वन डे सिरिजमा ईङ्ल्याण्ड विजयी भएको छ । शुक्रबार राति पाकिस्तानलाई ३ विकेटले हराउँदै ईङ्ल्याण्डले पाँच म्याचको सिरिजमा ३–० को अग्रता लिएको छ ।
३ सय ४१ रनको लक्ष्य घरेलु टोली ईङ्ल्याण्डले तीन बल बाँकी छदाँ मात्र ७ विकेट गुमाएर पुरा ग¥यो । जासन रोयले १ सय १४ रन बनाउँदै टोलीको जितको आधार तय गरेका थिए । त्यस्तै वेन स्टोकले ७१ रनको अविजित पाली खेले । जोए रुट ३६ र जेम्स भिन्सी ४३ रनको आउट भए ।
पाकिस्तानका इमद वासिम र मोहमद हसनैनले समान २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेट गुमाएर ३ सय ४० रन बनायो । बाबर आजमले १ सय १५ रन बनाएको पालीमा मोहमद हाजिफले ५९ रनको योगदान दिए । फकर आजमले ५७ रनको पाली खेले । सोयब मल्लीक ४१ रनमा आउट भए । ईङल्याण्डका टम कुरानले सर्वाधिक ४ विकेट लिए ।
दोस्रो खेलमा १२ रनको जित दर्ता गरेको ईङ्ल्याण्डले तेस्रो ६ विकेट र चौथो खेल ३ विकेटले जितेको छ । पहिलो खेलमा नतिजा विहिन भएको थियो । पाँचौ तथा अन्तिम खेल भोली (आईतबार) हुनेछ ।