काठमाडौं । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
प्रतियोगिताको मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल गोजुरियो कराते संघका महासचिव तथा दक्षिण एसियाली कराते महासंघका सचिव बिआर मित्र, कराते प्रशिक्षक बिसन सिंह खड्का, अन्य कराते प्रशिक्षक र स्थानीय समाजसेवीका साथै वडाअध्यक्षहरुको उपिश्थिती थियो ।
दुइ दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश छन् । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए ।
प्रतियोगिताको ब्यबस्थापनको जिम्मेवारी राजनमान श्रष्ठले बहन गरेका छन् । प्रतियोगिताको मुख्य प्रयोजक मेलम्ची मगरपालीका रहेको छ ।