स्वर्ण विजेता पलिस्था सम्मानित
शुक्रबार, बैशाख १३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १६ औं विश्व मुवाँथाईं च्याम्पियनसिपकी स्वर्ण विजेता पलिस्था कक्षपति शुक्रबार नगदसहित सम्मानित भएकी छन् ।
दक्षिणकाली नगरपालिका वडा १ ले आफ्नै वडा निवासी पलिस्थालाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । पलिस्थाले महिला ३० केजीमा स्वर्ण जितेकी थिइन् ।
वडा अध्यक्ष जय थापा मगरलगायतले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा टिम प्रशिक्षक समेत रहेका राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलाई पनि सम्मान गरिएको थियो ।







-1724767749.jpeg&w=3840&q=75)




%20(1)-1761905198112.png&w=3840&q=75)


