• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ खेलेकाे टिमले ओलम्पिक छनोट खेल्ने
खेलपाटी संवाददाता
आइतबार, चैत १७, २०७५ खेलपाटी संवाददाता
साफ खेलेकाे टिमले ओलम्पिक छनोट खेल्ने

काठमाडौं । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप खेलेको टिमले ओलम्पिक छनोटको दोस्रो चरण समेत खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेकाे टिमलाईनै टोकियो ओलम्पिकको दोस्रो चरणको छनोट खेल्न पठाउने भएको हो ।

एन्फाले साफ च्याम्पियनसिप सकिने बित्तिकै खेलाडीलाई आराम दिएको थियो । गत बुधबारबाट मात्र राष्ट्रिय टिमका खेलाडीले अभ्यास सुरु  गरेका थिए । 

महिला टिम छोटो तयारी गरेर ओलम्पिक छनोटको दोस्रो चरण खेल्न जान लागेको हो । मुख्य प्रशिक्षक हरी खड्काले ओलम्पिक छनोटको तयारीका लागि खेलाडीलाई चार दिन मात्र अभ्यास गराएका छन् ।

‘खेलाडीहरु निरन्तर खेलिरहेका छन् । साफ लगत्तै दुई दिन खेलाडीलाई आराम दिएका थियौ । तर खेलाडी व्यस्त छन् ।’ मुख्य प्रशिक्षक खड्काले खेलपाटीसंग भने, ‘कमजोर स्थानमा यु–१९ बाट केही खेलाडी ल्याउने योजना थियो । तर साफकै टिमलाई लिएर ओलम्पिक छनोट खेल्नेछौ ।’

‘ठुला खेल नभएपनि उमेर समुह लगायत विभिन्न टिमसंग खेलाएर टिमको कमजोरी पत्ता लगाउने कोशिश गरेको छु ।’ उनले थपे ।

मुख्य प्रशिक्षक खड्काले नेपाली टिमको लक्ष्य अघिल्लो चरण प्रवेश गर्नेनै रहेको उल्लेख गरे ।

‘हरेक प्रशिक्षकको लक्ष्य सफल हुनुनै हुनेछ । टिम अनुसारको रणनीति बनेको छ । म्यानमार, भारत र ईन्डोनेसियालाई फरक फरक रणनीति अनुसार खेलेर समुह चरण पार गर्ने लक्ष्य हो ।’ उनले भने ।

ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसंग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । नेपाल सम्मिलित समुहमा आयोजक म्यानमार सहित भारत र इन्डोनेशिया छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक म्यानमार, दोस्रो खेलमा भारत र अन्तिम खेलमा इन्डोनेशियाको सामना गर्नेछ ।

समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।

 महिला टिमकाे नामावली :

गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मन माया लिम्वु ।

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी ।

स्ट्राइकर : रेखा पौडेल, निरु थापा कप्तान, सावित्रा भण्डारी,  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP