ह्यान्ड्सकम्बको शतक, अष्ट्रेलियाद्वारा भारत पराजित
सोमबार, २७ फाल्गुण २०७५खेलपाटी संवाददाता

एजेन्सी । पाहुना टोली अष्ट्रेलियाले चौथो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतलाई पराजित गरेको छ । आइतबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो ।
पन्जाबस्थित मोहाली क्रिकेट स्टेडियममा भारतले दिएको ३५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा पिटर ह्यान्ड्सकम्बले ११७ रनको शतकीय इनिङ्स खेले । यस्तै उस्मान ख्वाजाले ९१ तथा एस्टन टर्नरले अविजित ८४ रनको योगदान दिए ।
भारतका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३५८ रन बनाएको थियो ।
भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १८ चौका र ३ छक्काको मद्दतमा १४३ रनको योगदान दिए । धवनले पहिलो विकेटका लागि रोहित शर्मासंग १९३ रनको साझेदारी गरे । रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै भारतका लागि ऋषब पन्तले ३६ तथा विजय शंकरले २६ रन बनाए । अघिल्लो खेलमा शतकीय इनिङ्स खेलेका कप्तान बिराट कोहली ७ रनमा आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ५ विकेट लिए । यस्तै जे रिचर्ड्सनले ३ तथा एडम जाम्पाले १ विकेट हात परे ।
यो जितसंगै घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २-२ को बराबरी गरेको छ । भारतको भने एक खेल अगावै सिरिज जित्ने सपना तुहिएको छ ।
टी-ट्वान्टी सिरिजमा भने अष्ट्रेलियाले क्लिन स्विप गरिसकेको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

