धवनको शतक, भारतद्वारा अष्ट्रेलियालाई ३५९ रनको लक्ष्य
आइतबार, २६ फाल्गुण २०७५खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टोली भारतले चौथो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि ३५९ रनको लक्ष्य दिएको छ ।
पन्जाबस्थित मोहाली क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३५८ रन बनायो ।
भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १८ चौका र ३ छक्काको मद्दतमा १४३ रनको योगदान दिए । धवनले पहिलो विकेटका लागि रोहित शर्मासंग १९३ रनको साझेदारी गरे । रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै भारतका लागि ऋषब पन्तले ३६ तथा विजय शंकरले २६ रन बनाए । अघिल्लो खेलमा शतकीय इनिङ्स खेलेका कप्तान बिराट कोहली ७ रनमा आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ५ विकेट लिए । यस्तै जे रिचर्ड्सनले ३ तथा एडम जाम्पाले १ विकेट हात परे ।
पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-१ ले पछि रहेको छ ।
आज भारत पाहुना टोलीविरुद्ध चौंथो खेल जित्दै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ । अष्ट्रेलिया जित निकाल्दै सिरिज जोगाउन चाहन्छ ।
टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले क्लिन स्विप गरिसकेको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

