काठमाडौं । चौथों संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदैछ ।
झापाको डोमालाल राजवंशी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लब पोखराले प्रतिस्पर्धा गर्दैछन् । झापा र सहाराबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टोली पहिलो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । झापा र सहाराबीचको विजेताले क्वाटरफाइनलमा हङकङ नेप्लिज एकेडमीसंग खेल्नेछ ।
झापा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।