एजेन्सी । लण्डन क्लब आर्सनल ईङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले शीर्ष चारभित्र आफुलाई पार्न सफल भएको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुवै गोल पहिलो हाफमा गर्यो ।
छैटौ मिनेटमा एलेक्जेन्ड्रे लाकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । हेनरिक मेखटारियनले १७ औ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर पारेका थिए ।
आर्सनलले पहिलो हाफमा पाहुना टोली साउथह्याम्टनलाई दबाबमा राखेको थियो । तर पहिलो हाफमा निस्किएको दुई गोल लण्डन क्लबलाई तालिकाको चौथो स्थानमा पु¥याउन पर्याप्त बनेको थियो ।
आर्सनल २७ खेलबाट ५३ अंक सहित तालिकाको चौथो स्थानमा छ । साउथह्याम्टन २४ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।