नेपालसामु मध्यम लक्ष्य
शनिबार, १० माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत जिम्बावेले नेपालसामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो।
जिम्बावेको ब्याटिङमा केलिस तान्यारा नधलोभूले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय इनिङ्स खेलिन्।
उनले ३६ बलमा ८ चौका प्रहार गर्दै ५२ रन बनाइन्। त्यस्तै, बिलभ्ड बिजाले ३४ रनको योगदान दिँदा मोडेस्टर मुपाछिक्वाले १४ र चिपो मुगेरी तिरीपानोले ८ रन जोडिन्।
नेपालका बलरमध्ये रिया शर्माले सर्वाधिक दुई विकेट हात पारिन्। साथै, सीता रानामगर, पूजा महतो, रुबिना क्षेत्री र कविता कुँवरले समान एक–एक विकेट लिँदै जिम्बावेको ब्याटिङलाई नियन्त्रणमा राखे।














