भारतको फिफा विश्व वरीयतामा सुधार, नेपाल यथावत
मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतले फिफा विश्व वरीयतामा एक स्थान सुधार गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सदस्य राष्ट्र भारत १४१ स्थानमा पुगेको हो।
यसअघि भारत १४२औं स्थानमा थियो। भारतले आफ्नो स्थान सुधार्दा साफका अन्य सदस्य राष्ट्र भने यथास्थितिमै रहेका छन्।
माल्दिभ्स १७३, बंगलादेश १८०, नेपाल १८२, भुटान १९२, श्रीलंका १९४ र पाकिस्तान १९९औं स्थानमा छ।






-1768893498186.jpeg&w=3840&q=75)

-1768819663565.jpeg&w=3840&q=75)

-1768897962219.jpg&w=3840&q=75)


