खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा
सोमबार, ०५ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने भएसँगै उनले सोमबार राजीनामा दिएका हुन्।
उनी गत कात्तिक ९ गते मन्त्री पदमा नियुक्त भएका थिए। उनले सिराह क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने छन्। उनी बालेन शाह र रवी लामिछानेलाई एक बनाउन सक्रिय भएर लागेका थिए। त्यसैले प्रधानमन्त्री सुशीला कार्कीले उनको राजीनामा मागेका थिए। तर, आलटाल गर्दै आएका थिए।














