आइतबार, ०४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

अभिकलाई उपाधि पक्का

आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता
अभिकलाई उपाधि पक्का
mustang rice ad

काठमाडौं। सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन्।

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा शीर्ष वरीयताका अभिकले लगातार आठ खेल जितेर हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको उपाधि जित्ने पक्का गरेका हुन्। ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा १९१८ रेटेड उनी अन्तिम चरणको खेलअघि शतप्रतिशत जित हात पार्ने एक्लो खेलाडी पनि हुन्।

अभिकले निहानालाई पराजित गर्नुअघि सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन र उजिभानी कँडेललाई पराजित गर्दै पूर्ण अंक बटुलेका थिए। उनले नवौं चरणमा हार्दिक पन्तविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दा शतप्रतिशत जितलाई कायम राख्ने प्रयास गर्नेछन्।

हिमालयन चेस एकेडेमीको काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ। त्यस आधारमा अभिकले आठ जितसँगै अधिकतम २४ अंक बनाएका छन्। हार्दिक पन्त पाँच जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंकसहित दोस्रोमा छन्। उनी आठौं चरणमा सजलको चुनौती पन्छाउँदै दोस्रो स्थानमा उक्लिएका हुन्।

१६९७ रेटेड सजल र सात्विकमान तुलाधरले समान पाँच जित, एक बराबरी र दुई हारसँगै १६ अंक जोडेका छन्। अन्तिम चरणमा यी दुई आपसमा भिड्दैछन्। आठौं चरणमा सजलले हार्दिकविरुद्ध हार बेहोरे भने सात्विकले शुभांग प्रधानलाई पराजित गरे। निहाना, प्रवीर केसी, आशिर्वाद, लियोन र अजि राईले समान १५ अंक बनाएका छन्। विमश लोहनी १४ अंकसहित शीर्ष दसमा छन्।

अरिज राई, सात्विकमान तुलाधर, लियोन महर्जन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन्। विमश लोहनी, हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन्। आठौं दिन आइतबार अभिक, हार्दिक र सात्विकसँगै अरिज, लियोन, विमश, रोहित श्रेष्ठ, ओजस्वी श्रेष्ठ, अग्रता आचार्य, अभियान राई, ईश्वर लामा, रेयांश खनाल र रियांशु पौडेलले पनि जित हासिल गरे। प्रवीरविरुद्ध आशिर्वाद र वियांका गौतमविरुद्ध सूर्यप्रतापको खेल बराबरीमा टुंगिए।

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ। छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि क्लासिकल चेस उपयुक्त मानिन्छ। प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन्।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ। भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ। उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभिकलाई ५ अंकको अग्रता

अभिकलाई ५ अंकको अग्रता

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

Bajaj Pulsar Motorcycle Ad
अभिकलाई उपाधि पक्का

अभिकलाई उपाधि पक्का

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

एपीएफको संघर्षपूर्ण सुरुआत

एपीएफको संघर्षपूर्ण सुरुआत

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

संकटाको प्रभावशाली जित

संकटाको प्रभावशाली जित

अपराजित रहँदै राजपुर फाइनलमा

अपराजित रहँदै राजपुर फाइनलमा