शनिबार, ०३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

अभिकलाई ५ अंकको अग्रता

शनिबार, ०३ माघ २०८२खेलपाटी संवाददाता
अभिकलाई ५ अंकको अग्रता
mustang rice ad

काठमाडौं। हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै ५ अंकको अग्रतालाई कायमै राखेका छन्।

लगातार ७ खेल जितेका अभिकले अधिकतम २१ अंक जोडेर शीरषस्थानमा पकड बलियो बनाएका छन्। दोस्रो वरीयताका सजल न्यौपाने १६ अंकसहित दोस्रोमा छन्। उनले सातौं चरणमा अनरेटेड खेलाडी अरिज राईलाई पराजित गरे। लियोन महर्जनलाई हराएर १५ अंक बनाएकी निहाना श्रेष्ठ तेस्रो स्थानमा छिन्।

१९१८ रेटेड अभिकले आठौं चरणमा आइतबार निहानाविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। निहानाविरुद्ध जित हासिल गर्नसके अभिकले एक खेल बॉकी छँदै उपाधि पक्का गर्नेछन्।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ।

आशिर्वाद थापा, हार्दिक पन्त र प्रवीर केसीले समान १४ अंक जोडेका छन्। सात्विकमान तुलाधरको १३ अंक रहेको छ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा शुभांग प्रधान, अरिज राई, लियोन महर्जन, अभिक रेग्मी, निवा राई र उजिभानीले समान १२ अंक जोडेका छन्। विमश लोहनी ११ अंकमा रहेका छन्।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ। कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन्। प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन्।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ। भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ। स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ। उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

Bajaj Pulsar Motorcycle Ad
अभिकलाई ५ अंकको अग्रता

अभिकलाई ५ अंकको अग्रता

विभागीय पुलिसमाथि प्लानिङको जित

विभागीय पुलिसमाथि प्लानिङको जित

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने