राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु
बुधबार, २३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय यू–१९ महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा अनु लामा र राजु तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यी दुईलाई बुधबार नियुक्ति पत्र प्राप्त गरेका हुन्।
पोखरामा जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै उनीहरूलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको हो। यसअघि नै एन्फाले सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


