आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

बुधबार, २३ पौष २०८२खेलपाटी संवाददाता
एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आगामी अर्ली निर्वाचनलाई लिएर विवाद चर्किएको छ। एन्फा कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरूले माघ २८ गते गर्ने भनिएको एन्फा निर्वाचनप्रति असहमति जनाउँदै अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बुधबार मेल र ह्वाट्स एपमार्फत पत्र पठाएका हुन्।

उपाध्यक्ष विराटजंग शाहीसहित कार्यसमितिका सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गर्दै बुझाएको पत्रमा एन्फा कार्यसमितिको पुस १६ गतेको निर्णयअनुसार अघि बढाइएको निर्वाचन प्रक्रिया विधानविपरीत, अलोकतान्त्रिक तथा स्वेच्छाचारी रहेको ठहर गरिएको छ।

‘अर्ली निर्वाचन पूर्णतः विधानविपरीत, अलोकतान्त्रिक तथा स्वेच्छाचारी तवरले गरिएको ठहर गर्दै उक्त निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं। अतः सो निर्णय पुनरावलोकन गरी सबै सरोकारवाला पक्ष तथा कार्यसमिति सदस्यहरूबीच छलफत र सहमतिका आधारमा विधिपद्धति अनुसार नयाँ निर्वाचन मिति तय गर्न हार्दिक अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले पुस २२ गते एन्फा विधानमा आवश्यक संशोधन गरी स्वीकृत गरेको विधान तथा प्रचलित कानुनअनुसार साधारण सभा र निर्वाचन सम्पन्न गर्न दिएको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न माग गरिएको छ।

कार्यसमिति सदस्यहरूले हाल सचिवालयबाट सार्वजनिक गरिएको निर्वाचन तालिकासहित सम्पूर्ण निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्नसमेत अनुरोध गरेका छन्। उनीहरूले तल्लो तहका सदस्यहरूको अधिकार सुनिश्चित गर्न, मताधिकार हनन हुन नदिन र भविष्यमा गलत नजिर स्थापित हुन नदिन सर्वमान्य साधारण सभा आवश्यक रहेको बताएका छन्।

पत्रमा दक्ष तथा योग्य व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नु सम्पूर्ण नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै नेपाली फुटबललाई सही दिशातर्फ अघि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ। साथै वर्तमान कठिन परिस्थितिबाट एन्फालाई निकास दिन परिषद्को निर्देशनअनुसार संयुक्त पहल अपरिहार्य रहेको उल्लेख गरिएको छ।

उक्त पत्रको बोधार्थ एन्फा सचिवालय र एन्फा निर्वाचन समितिलाई समेत दिइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि