साम्बा करिब १ वर्ष मैदानबाहिर रहने
बुधबार, २३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला राष्ट्रिय टोलीका स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लामो समय मैदानबाहिर रहने भएकी छन्।
एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट च्यातिएको पुष्टि भएको हो। यस चोटका कारण उनी ९ देखि १२ महिनासम्म प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहने अस्ट्रेलियन क्लब वेलिङ्टन फिनिक्सले जनाएको छ।
यो चोटका कारण उनले निन्जा ‘ए’ लिगअन्तर्गत राउन्ड ११ को ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफको अन्त्यतिर मैदान छाडेकी थिइन्। एअर बलमा खोस्ने क्रममा रोअरकी गोलकिपर क्लोई लिंकनले साम्बाको दायाँ खुट्टामाथि टेकेकी थिइन्। सोही क्रममा उनी घाइते भएकी हुन्।
यो साम्बाको तेस्रो एसीएल चोटमध्ये दोस्रो ‘कन्ट्याक्ट’ चोट हो।






-1767840835858.webp&w=3840&q=75)






