एपीएफ फाइनलमा, मणिलाई रातो कार्ड

हिमालयन मनोज, लमजुङ। साबिक विजेता एपीएफ ३३औं त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको छ।
बेसिसहरस्थित त्रिवेणी रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै लगातार फाइनलमा स्थान बनाएको हो।
एपीएफका अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वास उदासले गोल गरे। दीपेश धिमाल र महेश लामाले गोल गर्न सकेनन्।
मर्स्याङ्दीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गरे। पोषण थापा, अभिषेक महतो र अविनाश स्याङ्तानले गोल गर्न सकेनन्।
त्यसअघि १० खेलाडीमा सीमित एपीएफले मर्स्याङ्दीले १–१ को बराबरी खेलेका थिए।
खेलको ४१औं मिनेटमा मर्स्याङ्दीले ओलावले अफिजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
८८औं मिनेटमा भने एपीएफ १० खेलाडीमा सीमित रह्यो। मणिकुमार लामाले रातो कार्ड पाए। दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा मानबहादुर रानाले गोल गर्दै टाइब्रेकरमा खेल लगे।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


