लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

हिमालयन मनोज, लमजुङ। लालीगुराँसलाई पराजित गर्दै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइजले ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
बेशीसहरस्थित त्रिवेणी रंगशालामा शुक्रबार सम्पन्न क्वार्टरफाइनलमा लालीगुराँसलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो। योसँगै चर्च बोइजले फाइनलमा पुग्न लाङ्दीदेवीसँग खेल्ने भएको छ।
लाङ्दीदेवीले ‘ए’ डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)लाई सडनडेथमा ९–८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
टाइब्रेकरमा विवेक राई, अब्दुल फारुकी, सुदीप मगर, र रोशन तामाङले गोल गरे। मिलन राईको प्रहार भने सदुपयोग हुन सकेन।
लालीगुराँसका सुदीप गुरुङ, ओमप्रकाश चौधरी, आशिष गुरुङले गोल गरे। सुलेमान मगर र विष्णु चौधरीले भने गोल गर्न सकेनन्।
त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो।
खेलको सातौं मिनेटमै फागुराम थारुको गोलमार्फत लालीगुराँसले सुरुआती अग्रता लिएको थियो। तर, ४२औं मिनेटमा विवेक राईले गोल गर्दै चर्च बोइजलाई टाइब्रेकरसम्म पुर्याए।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


