आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा
शुक्रबार, १८ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। गोलकिपर भविन्द्र मल्ल ठकुरी नायक बनेसँगै लमजुङ मर्स्याङ्दी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बेशीसहरस्थित त्रिवेणी रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मर्स्याङ्दीले आयोजक त्रिवेणी युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो। योसँगै मर्स्याङ्दीले फाइनलमा पुग्न साबिक विजेता एपीएफ क्बलसँग खेल्ने भएको छ।
एपीएफले डाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
मर्स्याङ्दीका अरोन थापा, अविनाश स्याङ्तान, निङ्मा घिसिङ, ओलाओले अफिज र एलरले गोल गरे। त्रिवेणीका युवराज ढकाल, प्रताप राई र सुजित बुढाथोकीले गोल गरे।
मिलन राईले गोल गर्न सकेनन्।








-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)
