सिटीको लगातार ८ जितको यात्रा सन्डरल्यान्डसँग रोकियो

काठमाडौं। म्यानचेस्टर सिटीको आठ खेलको लगातार जितको यात्रा सन्डरल्यान्डसँगको खेलमा रोकिएको छ।
आर्सनलसँग बराबरी र न्युक्यासललाई घरेलु मैदान स्टेडियम अफ लाइटमा पराजित गरिसकेको सन्डरल्यान्डले सिटीलाई कडा टक्कर दिएको हो।
खेलमा सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले पहिलो र दोस्रो हाफ दुवैमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। लिगमा सर्वाधिक १९ गोल गरिसकेका हालान्ड यस खेलमा गोल थप्न असफल रहे।
सिटीका लागि सब्स्टिच्युट डिफेन्डर जोस्को ग्भार्डियोल गोलको सबैभन्दा नजिक पुगे। उनले गरेको ‘फ्लिक सट’ पोस्टमा लागेर फर्कियो भने नजिकबाट हानेको हेडर सन्डरल्यान्डका गोलकिपरले बचाए।
खेलपछि सिटीका कप्तान बर्नार्डो सिल्भाले भने,‘हरेक समय, हरेक हाफ र हरेक मिनेट पूर्ण हुन सकिँदैन। हामी राम्रो नखेलेका क्षणहरूमा पनि टिमले स्थिरता र निरन्तरता देखाइरहेको छ।’
यसैबीच, स्पेनका स्टार मिडफिल्डर रोड्री दुई महिनापछि चोटबाट फर्किंदै हाफटाइममा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरे। ह्यामस्ट्रिङ चोटका कारण उनी लामो समय बाहिर थिए।






-1767323467090.webp&w=3840&q=75)

-1767268406472.png&w=3840&q=75)
-1767323763179.png&w=3840&q=75)


