नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन
मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
उनको प्रशिक्षणमा नेपालले १५ माघदेखि पोखरामा हुने साफ यु–१९ महिला च्याम्पियनसिप खेल्नेछ।
सुमन पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड सम्हाल्दै आएका थिए। उनले मनाङ मर्स्याङ्दीसँगै नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी पोखरा थन्डर्ससँग पनि काम गरिसकेका छन्।
उनले भुटानी क्लब फुएन्शोलिङ हिरोज एफसी पनि सम्हालेका थिए।
यस्तै, गोलकिपिङ प्रशिक्षकमा राजु सिंह महर्जन नियुक्त भएका छन्।









-1767081985409.jpeg&w=3840&q=75)



