शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

शनिबार, १२ पौष २०८२खेलपाटी संवाददाता
मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप
Classic Tech Internet Ad

काठमाडौं। नोभेम्बर २०१९ मा सिटी फुटबल ग्रुप (सीएफजी)ले भारतीय फुटबल क्लब मुम्बई सिटीमा लगानी गर्‍यो। त्यतिबेला भारतीय फुटबलको अनुहार धेरै छोटो समयमा परिवर्तन हुने अपेक्षा गरिएको थियो।

तर, पाँच वर्ष भित्र त्यो परिदृश्य परिवर्तन भएको छ। म्यानचेस्टर सिटीको स्वामिक्त रहेको सीएफजीले पाँच वर्षपछि आफ्नो सम्पूर्ण सेयर फिर्ता लिएको छ।

सिएफजीले क्लबका पुराना मालिक तथा बलिउड अभिनेता रणबीर कपूर र व्यवसायी विमल पारेखलाई सबै सेयर हस्तान्तरण गरेको हो।

सिएफजीको स्वामित्वमा रहँदा मुम्बई सिटीले दुई पटक इन्डियन सुपर लिग (आईएसएल) शिल्ड र दुई पटक आईएसएल कप जित्न सफल भएको थियो। तर, मैदानबाहिरका प्रशासनिक जटिलताले ती उपलब्धिहरू ओझेलमा परे।

सिएफजीले मुख्यतः इन्डियन सुपर लिग (आईएसएल) को अस्थिर अवस्थालाई कारण देखाउँदै भारतबाट आफ्नो लगानी फिर्ता लिने निर्णय गरेको जनाएको छ।

एक विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक समीक्षा गर्दा आईएसएलको भविष्य अनिश्चित देखिएको छ र आगामी सिजन कहिले सुरु हुन्छ भन्ने विषयमै स्पष्टता छैन। दीर्घकालीन योजनामा विश्वास गर्ने सिएफजी यस्तो अनिश्चित लिगमा थप लगानी गर्न इच्छुक छैन।’

उल्लेखनीय छ, २०२५–२६ सिजनको आईएसएल गत सेप्टेम्बरमै सुरु हुने अपेक्षा गरिएको थियो। तर, अखिल भारतीय फुटबल महासंघ (एआईएफए) र व्यावसायिक साझेदार फुटबल स्पोर्ट्स डेभल्पमेन्ट लिमिटेड (एफएसडीएल)बीचको विवादका कारण लिग रोकिएको छ।

सर्वोच्च अदालतको अनुमतिमा नयाँ टेन्डर आह्वान गरिए पनि कुनै पनि कम्पनीले लिग सञ्चालनमा चासो देखाएको छैन। क्लबहरूले आफैं लिग सञ्चालन गर्ने प्रस्तावसमेत गरे पनि एआईएफएफ अध्यक्ष कल्याण चौबे नेतृत्वको समितिले उक्त प्रस्ताव अस्वीकार गरेको छ।

यी सबै कारणले आईएसएल अहिले अनिश्चित अवस्थामा पुगेको छ। यसको प्रत्यक्ष प्रभाव स्वरूप सीएफजीले मुम्बई सिटीबाट आफ्नो यात्रा अन्त्य गरेको हो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

Bajaj Pulsar Motorcycle Ad
एपीएफको जितमा समीरको ह्याट्रिक

एपीएफको जितमा समीरको ह्याट्रिक

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिमको रवाफिलो जित

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

मुम्बई सिटीबाट लगानी फिर्ता लिँदै म्यानचेस्टर सिटी ग्रुप

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !

न्यु डायमन्ड हाबी

न्यु डायमन्ड हाबी