बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

बुधबार, ०९ पौष २०८२खेलपाटी संवाददाता
रियल छाडेर लियोन जाने भए एन्ड्रिक
Classic Tech Internet Ad

काठमाडौं। रियल मड्रिडका ब्राजिलियन किशोर फरवार्ड एन्ड्रिक सिजनको अन्त्यसम्मका लागि ऋण (लोन) मा फ्रान्सेली क्लब ओलम्पिक लियोनसँग अनुबन्धित भएका छन्।

दुवै क्लबले मंगलबार यसको पुष्टि गरेका हुन्। १९ वर्षीय एन्ड्रिक प्रशिक्षक जाबी आलोन्सोको नेतृत्वमा ला–लिगा क्लब रियल मड्रिडमा पर्याप्त खेल समय पाउन संघर्ष गरिरहेका थिए।

एन्ड्रिकले १८ वर्ष पूरा गरेपछि जुलाई २०२४ मा पाल्मेइरासबाट रियलसँग ६ वर्षको सम्झौता गरेका थिए। उनले रियल भाल्लादोलिडविरुद्ध डेब्यु खेलमै बेन्चबाट चार मिनेट बाँकी रहँदा मैदान प्रवेश गर्दै गोल गरेका थिए।

पछिल्लो सिजन प्रशिक्षक कार्लो एन्सेलोट्टीको समयमा उनी अधिकांश खेलहरू वैकल्पिक खेलाडीमा मैदान प्रवेश गरेका थिए। तर, एन्ड्रिक ३७ खेलमा सात गोल गर्न सफल भएका थिए।

यस सिजन उनले दुई पटक छोटो समयका लागि वैकल्पिक खेलाडीको रूपमा खेल्ने अवसर पाए भने कोपा डेल रेमा एक खेलमा सुरुआत गरेका छन्।

एन्ड्रिकले ब्राजिल राष्ट्रिय टोलीका लागि १४ खेलमा तीन गोल गरेका छन्। हाल ब्राजिल टोलीका प्रशिक्षक पनि एन्सेलोट्टी नै छन्। यद्यपि, अक्टोबर र नोभेम्बरमा भएका पछिल्ला मैत्रीपूर्ण खेलहरूका लागि उनी टोलीमा समावेश हुन सकेनन्।

फ्रान्समा लियोनसँगको यो लोन स्पेलले उनलाई नियमित खेल समय दिलाउने र आउँदो वर्षको विश्वकपका लागि राष्ट्रिय टोलीमा पुनः स्थान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

Bajaj Pulsar Motorcycle Ad
२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई